वित्तीय संस्थाहरुको पहुँच वाग्मती प्रदेश केन्द्रित, कर्णाली र सुदूरपश्चिममा न्यून

बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । राष्ट्र बैंकले गरेको एक अध्ययनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको पहुँच न्यून रहेको छ । राष्ट्र बैंकले नेपालको संघीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने उद्देश्यले गरेको अध्ययनले वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि…