यो साताको पाँचै कारोबार दिन शेयर बजार बढेको छ । बजार अलिकति बढ्नसाथ प्रोफिट बुकिङ्गमा लागिहाल्ने शेयर कारोबारीहरु हाबी हुन नसक्दा बजारको उकालो यात्रा जारी रहेको हो ।बजार तल्लो विन्दुमा पुग्दा शेयर किन्नेहरु शेयर बेच्न हतारीए पनि लाभांशमा आधारित रहेर लगानीगर्नेहरुको उपस्थिति बलियो बनेपछि बजारको वृद्धि टिकेको हो । सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न…