पर्यटन, सिमेन्ट तथा स्टिल लगायत उत्पादनमुलक उद्योगमा लगानी गर्दा स्रोत खुलाउन नपर्ने

कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले स्रोत नखुलेको धनलाई पनि परिचालन गर्ने भएको छ । सरकारले प्रतिस्थापन बजेट अध्यादेश मार्फत सिमित पुर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेको हो । कोरोना भाइरसका कारण अर्थतन्त्र नै नकारात्मक भएपछि कालोधनलाई औपचारिक अर्थतन्त्रमा प्रवेश गराउनु पर्छ भन्ने तर्क विज्ञहरुले राख्दै आएका थिए ।…