चन्द्र ढकालले दिए धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा, अध्यक्ष ढुङ्गाना दवाबमा

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतमा बोर्डको सञ्चालक भएका ढकालले सेबोन सञ्चालक समिति सदस्यमा नबस्ने व्यहोरा उद्योग वाणिज्य महासंघ नेतृत्वलाई अवगत गराएका हुन् । ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन्…