नियामक निकायका प्रमुख तथा सञ्चालकहरु विवादमा तानिएको सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा अर्को एउटा तथ्यको खुलासा भएको छ । धितोपत्र बोर्डका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धितोपत्र बोर्डमा सञ्चालक रहेकै बेला सर्वोत्तम सिमेण्टको शेयर बिक्री गरेको भेटिएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आफ्ना भाई एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष…