प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न ठाडो निर्देशन दिएका हुन् । विद्यमान कार्यकारी निर्देशक हितमान शाक्यको कार्यसम्पादनप्रति असन्तुष्ट रहेका देउवाको निर्देशनपछि ऊर्जामन्त्री पम्फा भुसालले मंगलबार नै…