नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले अपांगता भएका व्यक्तिहरूको बजार प्रवेशमा भएका प्रक्रियागत कठिनाईहरूको सम्बोधन गर्न र बजारमा प्रयोगमा रहेका प्रविधिहरू अपांगमैत्री बनाउदै लैजान आवश्यक भएको बताएका छन् । समृद्ध नेपाल लगानी समूहद्वारा आयोजित छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रममा ढुंगानाले पूँजी बजार सबैको बजार भएको धारणा राखे। कार्यक्रममा उनले कुल जनसंख्याको करिब १० प्रतिशत सर्वसाधारण…