अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । मन्त्रीबाट सार्वजनिक भएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणको साराशं देहाय अनुसार छ:- कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६।७७ मा आर्थिक गतिविधिमा संकुचन आएको भएतापनि चालु आर्थिक २०७७र७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक रहेका छन् ।…