चीनले क्रिप्टोकरेन्सीमाथि नियन्त्रण गर्ने बताएपछि बिटकोइनको मूल्य विगत तीन महिनामा पहिलो पटक ३४,००० अमेरिकी डलरभन्दा कम भएको छ। चीनले मङ्गलवार ब्याङ्कलाई क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाउँदै लगानीकर्ताहरूलाई क्रिप्टो कारोबारप्रति सचेत गराएको छ। गत साता अमेरिकी कम्पनी टेस्लाले क्रिप्टोकरेन्सी कारोबार नगर्ने बताएपछि बिटकोइनको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो। यो वर्षको आरम्भमा ३०,०००…