कोरोना भाइरसको दोस्रो लहरले तिब्रता पाएसँगै सरकारले कोरोना नियन्त्रणका लागि पुन: लकडाउन गर्ने तयारी गरेपछि बैंकिङ्ग प्रणालीबाट निक्षेप बाहिरिन थालेको छ ।लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिक्न थालेको आँकलन गरिएको छ । वाणिज्य बैंकहरूमा रहेको निक्षेप पछिल्लो १० दिनमै २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार…