घरेलु तथा साना उद्योगको अर्थतन्त्रमा २३% योगदान, महासङ्घको समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासङ्घले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ । महासङ्घको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन् । समितिको सदस्यमा महासङ्घको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर छन्।…