काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्याउने भन्ने अनिश्चितता बढाएको छ ।…