फिनटेक कम्पनी आइमार्कले साउन्ड बक्ससहितको अत्याधुनिक क्युआर कार्ड भुक्तानी उपकरण फेवा मिनी पीओएस (पस) औपचारिक रूपमा सार्वजनिक गरेको छ । गत साता राजधानीमा आयोजित फिनटेक एक्स्पोमा प्रस्तुत गरिएको आइमार्कको यो नयाँ समाधानले बैंक, फिनटेक कम्पनी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको ध्यान आकर्षित गरेको थियो । आइमार्कद्वारा सार्वजनिक गरिएको यो उपकरण ट्याक्सी, अस्पताल, मार्ट, विद्यालय, डिपार्टमेन्टल स्टोरलगायत…