चालु आर्थिक वर्षको साढे ५ महिनामा २० निर्जीवन बीमा कम्पनीले ६० करोड रुपैयाँ बढीको बाली, पशुपन्छी तथा कृषि बीमा व्यवसाय गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस महिनाको १५ गतेसम्म निर्जीवन बीमा कम्पनीहरुले ५९ करोड ९७ लाख ९५ हजार ७४१ रुपैयाँको व्यवसाय गरेका हुन् । कम्पनीहरुले ६६ हजार ९१९…