तनहुँ जलविद्युतको मुख्य प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित, ३५ बुँदे मागपत्र पेश

तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मङ्गलबार विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन् । आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्ने चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न ३५ बुँदे माग पत्र बुझाएका हुन् । बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक…