चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात भदौसम्ममा नेपाल भित्रिएको रेमिट्यान्स पछिल्लो पाँच वर्ष उच्च रहेको पाइएको छ । चालु आवको दुई महिना अर्थात भदौ अन्तिमसम्ममा मात्र एक खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । कोरोना भाइरसका कारण विश्वभरी रोजगार गुम्ने तथा आर्थिक गतिविधि ठप्प रहेको भएपनि नेपाल आउने रेमिट्यान्स झनै बढेको हो…