नेपाल उद्योग परिसङ्घले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ। परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँग भेटी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना सङ्क्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको थियो । उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा…