भन्सार विभागले सुरु गर्यो स्वचालित एक्जिम कोड प्रणाली, अनलाइनबाटै लिन सकिने

भन्सार विभागले सोमबारदेखि स्वचालित निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) प्रणाली सुरु गरेको हो । नयाँ प्रणालीको व्यवस्थासँगै वस्तु आयात तथा निर्यात गर्ने व्यवसायीले घर वा कारोबारस्थलबाटै एक्जिम कोड नवीकरण गर्न सकिने भएको छ। भन्सार विभागका महानिर्देशक सुमन दाहालले सोमबार स्वचालित एक्जिम कोडको उद्घाटन गरेका छन् । सेवाग्राहीले एक्जिम कोड नवीकरण गर्दा भन्साल विनियमावली २०६४…