बोइङ ७३७ म्याक्सको परीक्षण उडान शुरु, सन्तोषजनक नतिजा प्राप्त भए उडान अनुमति

 अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो ।  एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ…