विश्व बैंकले पछिल्लो पटक जारी गरेको 'नेपाल डेभलपमेन्ट अपडेट' अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ र त्यसको संक्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप आर्थिक गिरावटवाट जोगाउन सरकारले चालेका प्रयत्नका वावजुद चालु आर्थिक वर्ष २०७७/७८को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ। देशको अर्थतन्त्रलाई संक्रमणको अस्थिरताबाट राहतको चरण हुँदै पुनर्संरचना…