निर्माणको काम कम भएपछि मध्यपहाडी लोकमार्गको चार अर्ब फिर्ता

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले चार अर्ब ३७ करोड फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ । सरकारले चालू आवमा सो आयोजनाका लागि १२ अर्ब विनियोजन गरेको थियो । आयोजनाअन्तर्गत पाँच योजना कार्यालयमार्फत निर्माणको काम अघि बढिरहेको छ ।…