दुई सहायक वन अधिकृत घुस अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको अभियोमगा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना आयोगमा पुगेको थियो…