सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली संशोधन गर्दै कोरोना उपचार कोषमा लैजाने निर्णय गरेको छ। अर्थ, सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडाले मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले यस्तो निर्णय गरेको शुक्रबार सार्वजनिक गरेका हुन् । यस अनुसार स्थानीय तहले…