कोरोनाबाट कृषि क्षेत्रलाई उकास्न चेम्बरले दियो २१ बुँदे सुझाव

नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड-१९_ बाट प्रभावित कृषि क्षेत्रलाई उकास्न सरकारसमक्ष २१ बुँदे सुझाव प्रस्तुत गरेको छ। बुधबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई उक्त सुझाव पेस गरिएको हो। अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको प्रकोप नियन्त्रण गर्न लागू गरिएको ‘लकडाउन’ले नेपालको कृषि क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने चेम्बरको भनाइ छ। लकडाउनले…