जापान सरकारले नेपाललाई १ अर्ब १७ करोड जापानी येन अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ बराबरको अनुदान सहयोग दिएको छ। जापानले अत्याधुनिक प्रविधिको माध्यमबाट भौगोलिक सूचना उत्पादन गर्ने आयोजनाका लागि उक्त रकम उपलब्ध गराएको हो । नेपाललाई प्राकृतिक विपद्को प्रकोपबाट जोगाउन डिजिटल उचाइ मोडल र अर्थोफोटो कार्यान्वयन गर्न यो सहयोग प्रदान गरिएको अर्थमन्त्रालयले जनाएको छ।…