अन्तर्राष्ट्रिय बजारमा घट्दो कच्चा तेलको मूल्य र नेपाली अर्थतन्त्रले गुमाएका अवसरहरु

अहिले विश्व अर्थव्यवस्थाले दोहोरो मार झेलिरहेको छ। एकातिर कोरोना आतङ्क छ भने अर्कोतर्फ कच्चा तेलको मूल्यमा भएको भारी गिरावटको कारण १०० भन्दा बढी तेल उत्पादक राष्ट्रहरु यसले उत्पन्न समस्या झेलिरहेका छन्। सन् २००८ को वित्तीय संकटमा तेलको भाउ घटेको भन्दा अहिले तेलको दाम ह्वात्तै सोच्नै नसकिने गरि घटेर १५ अमेरिकी डलर प्रति ब्यारलमा पुगेको छ।…