प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुले दिएको सल्लाह बमोजिम जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म कोभिड १९ को परीक्षण विस्तार गरिने बताउनुभएको छ। सरकारले समयमा नै गरेको लकडाउनका कारण महामारीबाट हुने क्षति जोगिएको बताउँदै स्थानीय र प्रदशलाई रोगसँग लड्न सक्षम बनाइनेगरि साझेदारी अगाडि बढाउने उहाँले बताउनुभयो। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी दिन थप चुनौतीपूर्ण हुने बताउँदै उहाँले…