पछाडि ढोकाबाट एमसीसी ल्याउन लागिएको भन्दै भीम रावलको विरोध, भन्छन् ‘पैसामा स्वाधिनता साट्न सकिन्न’ 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पैसामा स्वाधिनता साट्न नसकिने बताएका छन्। सरकारले नीति तथा कार्यक्रममा स्पष्टका साथ उल्लेख नगरिएपनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका बारेमा उल्लेख गरिएको भन्दै उनले त्यसो गरिए एउटा स्वाधिन देशको हैसियतमा आँच पुर्याउने कार्य हुने भन्दै कुनैपनि सम्झौता कुनैपनि पैसामा साट्न नसकिने बताए। सोमबार प्रतिनिधि सभामा सरकारको…