सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि आज संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। शुक्रबार अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले २०७६ वैशाख २० गते नीति तथा…