बन्दाबन्दीमा सुपर मादीको काम निरन्तर, ४० प्रतिशत काम सम्पन्न

कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनाको हालसम्म ४० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं १ सिक्लेस र २ नं वडा ताङ्तिङको सिमाना गलबन्दीमा मादी नदीको पानी बाँध बाँधेर भूमिगत सुरुङमार्फत वडा नं २ को सोँधामा निर्माण गरिने पावर हाउस (विद्युत् गृह)मा खसालेर विद्युत् उत्पादन गर्ने योजनाअनुसार…