धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने

नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ । साथै बोर्डले धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा विद्युतीय माध्यमबाट गर्न समेत भनेको छ। बोर्डमा आज भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाउने गरी आवश्यक प्रबन्ध गरेको छ…