सेनाले स्वास्थ्य सामग्री ल्याउन निगमका दुई बाइडबडी चीन पठाउने

नेपाली सेनाले कोभिड–१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निगमका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो…