राष्ट्र बैंकका गभर्नरको शेयरमा करोड बढी लगानी, ललितपुरमा घर सहित दश ठाउँमा जग्गा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक सम्पत्ति विवरण अनुसार गभर्नर अधिकारीको परिवारले एक दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरुमा १ करोड ७ लाख रुपैयाँ (लागत मूल्य) बराबरको शेयर रहेको छ। यस्तो शेयर वाणिज्य बैंक देखि माइक्रोफाइनान्स कम्पनी, केहि जलविद्युत कम्पनी तथा बन्दरहेको हरिसिद्धि इँटा कारखानासम्मको २…