कोभिड–१९ को सङ्कट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ । दुई देशबीचको पर्यटन प्रवद्र्धनलाई नयाँ दिशादिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुखहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कटपछि नयाँ गतिदिने विषयमा अनलाइन छलफल गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । छलफलमा भारतीय…