स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताए। नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ…