चालू आर्थिक वर्षको सात महिनामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स आप्रवाहमा ०.५ प्रतिशतले गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको साउनदेखि माघ महिनासम्मको अवधिमा रेमिट्यान्स घटेको उल्लेख छ। राष्ट्र बैंकका अनुसार माघसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह…