नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी कानूनलाई समसामयिक बनाउँदै लाने क्रममा धितोपत्र सम्बन्धी चार वटा नियमावली संशोधन गरेको छ । बोर्डले संशोधित नियमावलीहरु आगामी फागुन १ गते देखि लागू हुने जनाएको छ । बोर्डले साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली,…