प्रुडेन्सियल इन्स्योरेन्सको झण्डै ५५ हजार कित्ता शेयर लिलामीमा आउने


प्रुडेन्सियल इन्स्योरेन्सले ५४ हजार ६०० कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । इन्स्योरेन्सले निष्काशन गरेको ६० प्रतिशत हकप्रदमा बिक्री नभएको उक्त संख्याको शेयर लिलामीमा ल्याउनेछ ।

इन्स्योरेन्सले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्काशन गरेकोमा ३ हजार २९५ आवेदकले ३७ लाख ९४ हजार ४८९ कित्ता शेयरमा आवेदन गरेका छन् । उल्लेखित आवेदकहरुलाई हकप्रद शेयर बाँडफाँड गरिएको इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

 

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।