गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

0
Shares

प्रविधिको अग्रणी संस्था गुगलले किनमेलसम्वन्धी नयाँ एप ल्याउन लागेको छ।

नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ ।

गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् ।

नयाँ एपमा विक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिने गरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलबार  ०९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।