गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

0
Shares

प्रविधिको अग्रणी संस्था गुगलले किनमेलसम्वन्धी नयाँ एप ल्याउन लागेको छ।

नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ ।

गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् ।

नयाँ एपमा विक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिने गरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ ।