नेप्सेमा तीन लघुवित्तको २५ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ३ कम्पनीको २५ लाख १९ हजार ९१ दशमलव २२५८ कित्ता बोनस शेयर सूचीकरण भएको छ।

नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त, स्पर्स लघुवित्त,, समता लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट पारित गराएका बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गराएका हुन्।

जसमध्ये डिप्रोक्स लघुवित्तको चुक्ता पूँजीको ३० प्रतिशत बराबरको २३ लाख २० हजार २३१ दशमलव ३२५८ कित्ता बोनस सूचीकृत गराएको छ। यस्तै स्पर्स लघुवित्तको चुक्ता पूँजीको १३ प्रतिशत बराबरको १ लाख ७ हजार ८५१ दशमलव ९० कित्ता , र समता लघुवित्तको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको ९१ हजार ८ कित्ता बोनस पनि आजै सूचीकरण भएको छ।

यी समाचार पढ्न छुट्नुभयो कि !

 

प्रकाशित मिति: ८ श्रावण २०७७, बिहिबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।