जीवन बीमा कम्पनीहरुमा ५ हजार ४ सय रोजगार, कुनमा कति ?

0
Shares

नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुमा ५ हजार ४६७ जनाले रोजगारी पाएका छन्।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै ६१० कर्मचारीलाई रोजगारी दिएको छ। सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानमा सबैभन्दा कम ११३ जनाले रोजगारी पाएका छन्।

यस्तै एशियन लाईफले ४३१ जनालाई रोजगारी दिँदा युनियन लाइफले ३९४ जना, नेशनल लाइफले इन्स्योरेन्सले ३५९ जना, प्राइम लाइफले ३५५ जना, ज्योति लाइफले ३५४ जना र सन नेपाल लाइफले ३५० जना कर्मचारीलाई रोजगारी दिएको छ।

यसैगरी रिलायबल लाइफमा २९८ जना, सूर्या लाइफमा २९० जना, प्रभु लाइफमा २६० जना, एनआईसी नेपालमा २४९ जना, सिटिजन लाइफमा २३२ जना, आईएमई लाइफमा २३१ जना, रिलायन्स लाइफमा २१९ जना, महालक्ष्मी लाइफमा २१५ जना र गुराँस लाइफमा २१४ जनाले रोजगारी पाएको छन् ।

यस्तै मेट लाइफमा १४९ जना, र सानिमा लाइफमा १४४ जना कर्मचारीले रोजगारी पाएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।