एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार कित्ता शेयर लिलामीमा

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले हकप्रदमा अवितरित १ लाख ६१ हजार ७८ कित्ता शेयर लक्ष्मी क्यापिटलमार्फत लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समूहको ७९ हजार ८५३ दशमलव २५ कित्ता र संस्थापक समूहको ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले साउन २२ गते बिहीबारदेखि साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, एनएलजीको केन्दीय कार्यालय पानीपोखरी लाजिम्पाट र लक्ष्मी बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटबल मिलनचोक, वीरगञ्ज, वाग्लुङ्ग, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने जनाइएको छ।

लिलामीका लागि आवेदन दिँदा न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढीमा प्रतिस्पर्धात्मक मूल्यमा आवेदन दिन सकिन्छ। यस्तै न्यूनतम १०० वा १० ले निशेष भाग जाने गरि लिलामीमा आएको सम्पूर्ण कित्ताका माग गरी बोलपत्र पेश गर्न सकिनेछ।

एनएलजी इन्स्योरेन्सले २०७६ फागुन २२ गतेबाट असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद बिक्रीमा ल्याएकोमा ३६ लाख ८१ हजार ३५९ कित्ता मात्र बिक्री भएको थियो। सो शेयरमा आवेदन नपरेको शेयर बिक्रीमा ल्याइएको हो।

इन्स्योरेन्स कम्पनीको साधारण शेयर साउन १४ गते बुधबार २ प्रतिशतले घटेर प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।