एसइइ परीक्षाफल आज सार्वजनिक हुँदै


परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार बुधबार साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी सबै तयारी पुरा भएको छ ।

प्राविधिक समस्या आएको खण्डमा भने बिहीबार नतिजा सार्वजनिक गर्ने शर्माले जानकारी दिए ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।