बैंक अफ काठमाण्डू कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

0
Shares

 

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ५१ हजार सहयोग हस्तान्तरण गरेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयास अग्रस्थान रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग गरेको हो ।

आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आइरहेका छन् ।बैंकको कर्मचारी संघका प्रमुख अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा.महाविर पुनलाई एक समारोहको बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आइरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरीएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए ।

बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंक संगै अग्रस्थानमा रही सेवा गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।