मानुषी लघुवित्तले ३ करोडको आईपीओ जारी गर्ने

0
Shares


मानुषी लघुवित्त वित्तीय संस्थाले ३ करोड बराबरको प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

जसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा एसबिआई मर्चेण्टका तर्फबाट सीईओ रोशनी भारती र मानुषी लघुवित्तकी सीईओ शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मानुषीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले अब शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गर्नेछ ।

साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त भएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ जारी गरेपछि १० करोड रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ साउन २०७७, बुधबार  ०९ : ४१ बजे