अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
सेवाग्राहीसँग १७ हजार रूपैयाँ घुस लिएको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ गरेकालाई आयोगको जिम्मा लगाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया