विद्युत प्राधिकरणमा एक हजार बढीलाई रोजगारीको अवसर

0
Shares

नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा गरि एक हजार भन्दा बढीको लागि रोजगारी दिने भएको छ । प्राधिकरणले रिक्त अधिकृत देखि सहायक स्तरसम्ममा १ हजार बढी कर्मचारी माग गरेको हो ।

विद्युतप्राधिकरणले लोक सेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न लागेको हो। पदपुर्तिका लागि प्राधिकरणले खुल्ला र बढुवा तर्फ गरी १ हजार ३८ कर्मचारीको लागि आवेदन खुलाएको छ ।

प्राधिकरणले खुल्ला तर्फ ६५५ जना कर्मचारीको माग गरेको छ। प्रधिकरणका अनुसार २ देखि ११ तहका लागि आवेदन मागिएकामा १० तहसम्म खुल्ला प्रतिस्पर्धाबाट र ३८३ जना कर्मचारीको आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिने उल्लेख छ ।

रोजगारीका लागि आवेदन गर्न चाहानेहरुले असार १३ देखि २१ दिन अर्थात साउन ४ गतेसम्म आवेदन गर्न पाउने छन् भने दोब्बर रकम बुझाएर साउन ९ गतेसम्म आवेदन गर्न सक्ने प्राधिकरणले जनाएको छ ।