साँग्रिला डेभलपमेन्ट बैैंकको हुम्लामा शाखा विस्तार


साँग्रिला डेभलपमेन्ट बैंकले हुम्लाको सिमकोट गाउँपालिका कालिचोकमा शाखा विस्तार गरेको छ । यससंगै बैंकको कुल शाखा संख्या ८६ पुगेको हो ।
शाखा कार्यालयको उदघाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालिकाका अध्यक्ष पदम बहादुर लामाबाट सयूक्त रूपमा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिमकोट गाउँपालिकाका प्रमुख लामाले बैंकलाई सिमकोटबासीले स्वागत गरेको र बैंकलाई सहयोग गर्न तत्पर रहेको बताए ।

यस्तै बैंकका अध्यक्ष प्रसाईले हुम्ला जिल्लामा यस अघि समेत कर्जा लगानी गरिसकेको र त्यहाँवाट संकलन भएको सम्पुर्ण निक्षेप यही क्षेत्रमा लगानी गरिने बताए ।

सर्वसाधारणहरुमा बचत गर्ने बाँनी बसाल्नु आवश्यकता रहेका कारण बैंकले घरदैंलो एवं नेपाल सरकारको खौंलौै खाता अभियानलाई साथ दिने बताए ।

बैंकको थप ५ स्थानमा शाखा विस्तार गर्ने तयारी रहेको जनाएको छ ।