नेशनल लाईफले ल्यायो बाल अमृत-४ सावधिक बीमालेख


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत-४ सावधिक बीमालेख ल्याएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले बीमालेखको उद्घाटन गरेका छन् ।

विगतमा पनि बाल अमृत बीमालेख योजना ल्याएको थियो । त्यसलाई बिमितले अझ बढि रुचाएपछि थप परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख–४ योजना ल्याएको सीईओ खत्रीले बताए । बाल बच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको उनले बताए ।

कार्यक्रममा कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना ९३०० दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्ष सम्म रहने प्रावधान राखेको जानकारी गराए ।

यस बीमालेखमा प्रस्तावकको रुपमा बुबा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख रुपैयाँसम्म लिन सकिने बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ । बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ । चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि बीमालेखमा रहेको कम्पनीले जनाएको छ ।

बीमालेखलाई प्रवद्र्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । शर्माले सम्पुण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति: २ माघ २०८१, बुधबार  १७ : ४५ बजे