सबै ब्रोकरमा एकै पटक ‘डिएनए लगआउट’, लगानीकर्ताले शेयर किनबेच गर्न पाएनन्, शेयर कारोबार रोक्का


बिहीबार शेयर बजार खुलेको केही समय बित्न नपाउँदै धेरै ब्रोकरको डिएनए लगआउट भएको छ । जसका कारण धेरै ब्रोकरहरुबाट शेयर कारोबार हुन सकिरहेको छैन ।

बजार खुलेको केही समय शेयर कारोबार भएकोमा एकाएक आफैं डिएनए लगआउट भए पछि नेप्सेको नट्ससँग ब्रोकरहरुको सम्पर्क टुटेको छ । अर्कातिर लगानीकर्ताहरुको पनि सम्पर्क टुटेका कारण लगानीकर्ताले शेयर कारोबार आदेश प्रविष्ट गर्न सकिरहेका छैनन् ।

एक ब्रोकरका अनुसार प्रणालीमा के समस्या देखिएको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । लगानीकर्ताहरुको धेरै गुनासो आइरहेको भए पनि कारण के भन्न नसक्ने अवस्थामा रहेको उनले नोटबजारलाई बताए ।

उता नेपािल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार व्यवस्थापप प्रणाली नट्समा प्राविधिक समस्या आएकाले कारोबार स्थगन गरिएको जनाएको छ । समस्या समाधानका लागि प्रयास भईरहेको जनाएको नेप्सेले कति मसयमा कारोबार सुचारु हुन्छ भन्ने यकिन गरेको छैन ।

गत साता मात्र नेप्सेको नट्समा देखिएको समस्याका कारण टीएमएस र नट्सबीचको सम्पर्क डाउन हुँदा कारोबारमा समस्या आएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।