इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको सहकार्यमा ह्याकाथन प्रतियोगिता २०२५ हुने भएको छ। कार्यक्रम फाल्गुन ३ र ४ गते काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्रङ्गागमा हुने आयोजकले बताएको छ ।
ह्याकाथन २०२५ ले युवापुस्तालाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने तथा नवीन समाधानहरु विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। सहभागीहरुले कोडिङ, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, साइबर सुरक्षा लगायतका विभिन्न प्राविधिक क्षेत्र मा आफ्नो दक्षता समेत प्रदर्शन गर्न पाउने छन् । साथै विजेताले १ लाख रुपैंयाँ सम्म को नगद पुरस्कार जित्ने अवसर पाउने छन् ।
कार्यक्रममा कोडिङ मा रुचि हुने हरुले सहभागीता लिन सक्नेछन। नेपालमा डिजिटल रुपान्तरण र प्रविधिगत प्रगतिमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धतालाई सशक्त बनाउन ह्याकाथन प्रतियोगिता आयोजन गरेको जानकारी दिएको छ ।












प्रतिक्रिया