भाटभटेनी सुपरमार्केट थ्री गुणा थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता


काठमाडौँ । भाटभटेनी सुपरमार्केट थ्री गुणा थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता फागुन १७ र १८ गते आयोजना हुने भएको छ । एरो सोलुसनअन्तर्गत रहेको गेटसेटगेम कम्पनीले आयोजना गर्न लागेको प्रतियोगिता माम्बा स्पोर्टस सेन्टर बुद्धनगरमा सञ्चालन हुनेछ ।

दोस्रो सिजनमा हुन लागेको प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने छन् । गत सिजनको विजेता इजी सर्भिसेस र उपविजेता भाटभटेनी सुपरमार्केटसहितका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताबाट एउटा समूहबाट दुई टोली क्वार्टरफाइनल पुग्ने छन् । एरो सोलुसनका प्रवन्ध निर्देशक राजजंग थापाले दोस्रो सिजनको प्रतियोगिता अझ वृहत बनाउन लागिएको जनाए ।

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।